१० करोडको कारमा १० रुपैयाँको पेट्रोल ! (भिडियो-सहित)

काठमाडौं । युट्युबमा कैयौं पटक यस्ता भिडियो भाइरल हुन्छन् जो प्रयांकमा आधारित हुन्छन् । युट्युबर अमित शर्माले आफ्नो युट्युब च्यानल क्रेजी एक्सवाइजेडमा यस्तै एउटा भिडियो अपलोड गरेका छन् । यो भिडियो अहिले युट्युबमा ट्रेण्ड गरिरहेको छ । यो भिडियो ३ दिनअघि अपलोड गरिएको हो र यो समाचार तयार पार्दासम्म यसको भ्यु ९.६ मिलियनभन्दा धेरै भइसकेको छ ।

यो भिडियो यसरी भाइरल हुनुको कारण हो युट्युबरको विचित्रको शर्त । यी युट्युबर पेट्रोल पम्पमा ल्याम्बोर्गिनी कार लिएर पुगेका छन् जसको मूल्य भारतमै ६ करोडभन्दा धेरै अर्थात नेपाली १० करोड पर्छ । तर, उनले यो कारमा केवल १० रुपैयाँको पेट्रोल हाल्न पठाउँछन् । यो भिडियो गुरुग्राममा सुटिङ भएको बताइएको छ । उनी गुरुग्रामका तीन पेट्रोल पम्पमा जान्छन् र १० रुपैयाँको पेट्रोल भर्न भन्छन् । रोचक त के भने उनी नोटको मुठोबाट १० रुपैपाँ निकाल्छन् ।

news center of article

याे पनि हेर्नुस्
Loading...