नारी 

मेरा आँखामा आँसु छरपस्ट भएका थिए

कान राता

अनि ठाडा ठाडा

जब घाँटीले हुत्याएर पठाएको वायु फुस्कदा च्याँ च्याँ आवाज आएको थियो

तब मेरो शरीर थचारिएको ठाँउ भन्दा अलि पर उभिरहेकि एउटि नारी मलाई हेर्दै बोलिरहेकी थिइन्  नानि रैछिन्

तब मेरो छेउमा सुतिरहेकी नारी मलाई हेर्दै मुस्कुराइरहेकी थिइन्

अनि मेरो शरीर त्यहि नारीको मुस्कानको ऊर्जाले भरिपूर्ण भएको थियो

मेरो मुख सिधैँ उनकै स्तनतिर टासिन पुगेको थियो

अनि आँखा उनकै आँखातिर

अनि मख्ख अनुहार बोकेर मलाई भनिरहेकि थिइन्  नारी रैछिन्

news center of article

मस्तिष्कको ऊर्जा र शरीरको ऊर्जा समयसँगै बढ्दै थियो

अनि मेरो तन नारी हुने प्रक्रियामा अगाडी बढ्दै

मेरो शरीरले नारी हुनका लागी जिम्मेवारी पाइसकेछ

नानीले नारी हुन पाउँदा डिग्री पास गरेको झै खुसि हुनु पर्छ भन्दै थिइन् मलाई नारी बनाउने नारी

छरपस्ट भएको खुसिलाई सघाल्दा थुप्रा थुप्रा खुसि जम्मा भएका थिए

अनि परालको थुप्रामा उफ्रिए झै म खुसिको थुप्रामा उफ्रदै थिए

त्यो दिन म नारी भएको दिन

त्यहि दिनको केही वर्षपछि म नारीले नानीलाई नरी बनाउने दिन आउँदै थियो

अनि उसका आँखामा आँखा जुधाउदै भन्नु थियो ,  तिमी नारी हौँ  ।

लेखन : निश्चल आचार्य ।

याे पनि हेर्नुस्
Loading...