हुण्डी कारोबारीमा संलग्न दुई पक्राउ, ५३ लाख ८० हजार नगद बरामद

वीरगंज – पर्सा प्रहरीले अवैध वित्तिय कारोबार (हुण्डी कारोबार) मा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला प्रसानै गाउँपालिका वडा नं, ६ निवासी २६ वर्षीय शिव आनन्द गुप्ता तथा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं। ११ श्रीपुर बस्ने बस्ने १९ वर्षीय प्रकाश जयसवाल रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले प्रकाश जयसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा रु २४ लाख नेपाली रुपैया फेला परेको थियो ।

news center of article

त्यस्तै वीरगंज पब्लिक कलेज छेउमा डेरा गरि बस्ने शिव आनन्द गुप्ताको डेरामा खोजतलास गर्दा २९ लाख ८० हजार गरि ५३ लाख ८० हजार नेपाली रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

बरामद गरिएको नगद रुपैया सहित पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रनाउ खनालले जानकारी दिनुभयो ।

याे पनि हेर्नुस्
Loading...