प्रधानमन्त्री ओलीसँगको भेटबारे नारायणकाजीले खोले रहस्य, यस्तो छ वास्तविकता

काठमाडौं – शनिबार रिपोटर्स नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेट भएको समाचार प्रकाशित गरेको थियो।

भेटमा नेता श्रेष्ठले प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको प्रस्ताव राखेको उल्लेख गरिएको थियो। रिपोटर्स नेपालले एमाले नेता रामवीर मानन्धरले जानकारी दिएको भन्दै उक्त समाचार सम्प्रेषित गरेको थियो।

सामाजिक सञ्जालमा यो समाचार हावासरी फैलियो। यसबारे विभिन्न टिकाटिप्पणीहरु भए। यसैबीच माओवादी केनद्रका नेता श्रेष्ठले उक्त समाचार झुटो भएको जानकारी दिएका छन्।

उनले रिपोटर्स नेपाल अनलाइनले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचार शतप्रतिशत झुट, कपोकल्पित र षड्यन्त्रमुलक भएको भन्दै त्यसको भर्त्सना गरेका छन्।

‘रिपोर्टर्स नेपाल अनलाइनले मैले प्रम ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचार शतप्रतिशत झुट, कपोकल्पित र षड्यन्त्रमूलक भएकाले त्यसको तीव्र भर्त्सना गर्दछु,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्।

नेता श्रेष्ठले ओली नेतृत्वमा भैरहेको प्रतिगमन, निरङ्कुशता, राष्ट्रघात र कम्युनिष्टघात विरुद्धको संघर्षलाई सफल पार्न आह्वान गरेका छन्।

याे पनि हेर्नुस्
Loading...