थप ८,२४३ जना कोरोना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।

याे पनि हेर्नुस्
Loading...