बैतडी सुर्नया गाउँपालिकामा सुचना पाउनै मुस्किल, वेबसाइटमै समस्या

बैतडी सुर्नया गाउँपालिकाको वेबसाइटमा लामो समय यता समस्या देखिएको छ। सुर्नया गाउँपालिको वेबसाइटको सुर्नया (Surnaya) हुनुपर्नेमा सुनर्या (Sunarya) हुदा सेवाग्राहीलाई वेबसाइट खोज्नै समस्या परेको छ।

गाउँपालिकाको www.sunaryamun.gov.np वेबसाइट रहेको छ। यसबारे सुर्नया गाउँपालिकाका सुचना अधिकारी सुरेन्द्र सिह धामीलाई बुझ्दा माथिल्लो निकायबाटै यस्तै वेबसाइट हस्तान्तरण गरिएको र यसबारे सम्बन्धि निकायलाई पत्राचार गर्दा समेत कुनै चासो नदेखाएको बताएका छन। वेबसाइट लगभग ४ बर्ष बितिसक्दा पनि अझै सुधार भएको छैन।

त्यसैगरी सुचना अधिकारी धामीले गाउँपालिका वईबसाईटमा सम्पूर्ण जानकारीहरु तथा सुचनाहरु नियमित राखेको बताए पनि वेबसाइट भने अपडेटनै नगरिएको पाईएको छ।

गाउँपालिकाको अपडेटै नगरिएको वईबसाईट

गाउँपालिकाका कुनै पनि सुचना वा जानकारी आधिकारिक फेसबुक पेज र वेबसाइटबाट सार्वजनिक गरिनुपर्नेमा गाउँपालिकाको नाममा बनाईएको फेसबुक आईडिबाट पोष्ट गर्ने गरेको पाईएको छ ।

२५ गते मंगलबार पनि एउटा सुचाना सार्वजनिक गरिएको छ उक्त सुचाना गाउँपालिकाको नामको एउटा फेसबुक आईडिमा राखिएको छ तर आधिकारिक पेज र वेबसाइटमा भने राखिएको छैन। यो एक उदाहरण मात्रै हो यस्तो हर्कत लागातर नै चलिरहेको छ।

गा.पा. को आईडिबाट ब्लक गरिएको Screenshot

गाउँपालिकाको उक्त फेसबुक आईडिमा गरिएको पोष्टमा चित्त नबुझेको कुरा कमेन्ट गर्दा उक्त आईडिबाट ब्लक गरिएको गुनासो नरेन्द्र बिष्ट , अजय मडै लगायत अन्य ब्याक्तिहरुले गरेका छन । उहाँ भन्नुहुन्छ गाउँपालिकाका बेथिति बिरुद्व बोल्दा ब्लक नै गरियो, लोकतान्त्रिक ब्यबस्थामा बोल्न पाउने अधिकार अनि सुचनाको जानकारी लिन पाउने अधिकार बाट बन्चित भयौ।

कुनै पनि संस्थाका लागि फेसबुक आईडि आधिकारिक मानिदैन भने मन नपरेका ब्याक्ति आईडिमा साथि बन्न पाउदैनन् र पाँच हजार भन्दा बढी साथि पनि बनाउन नमिल्ने समस्या हुन्छ झन ब्लक नै गरिएमा फेसबुक आईडि नै भेट्टिदैन।

सुचना र जानकारी समेत राम्रो सँग स्वस्फूर्त रुपमा गाउँपालिकाले प्रवाह नगर्दा स्थानीय आक्रोसित बनेका छन।

गाउँपालिकाको वेबसाइटको अवस्था हेर्न यहाँ क्लिक गर्नुहोस।

https://www.sunaryamun.gov.np/

याे पनि हेर्नुस्
Loading...