कक्षा १२ को परीक्षा : आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम

असार १५ पछि मात्रै निर्णय हुने

काठमाडौं – विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गते पछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने बताएका छन् ।

उनले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम परीक्षा हो । कक्षा १२ पछि नै विश्वविद्यालयको पढाइ सुरु हुने, एमबीबीएस, बीएससी नर्सिङ लगायतका उच्च शिक्षा तथा विदेशमा अध्ययनका लागि जाने भएकाले क्वालिटी कन्ट्रोलको विषय पनि हुन्छ । त्यसकारण आन्तरिक मूल्याङ्कनबटै नतिजा प्रकाशन गर्ने कुरा केही जटिल छ । त्यसकारण यसलाई अलि विशेष रूपले हेर्नुपर्ने हुन्छ । हामी परीक्षा कसरी लिने भन्ने सम्बन्धमा छलफल गरिरहेका छौँ । यसका लागि अब कम्तीमा असारको १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । त्यसपछि हामी कुन मोडालिटीमा कसरी परीक्षा लिने भनेर निर्णय गर्नेछौँ ।’

फेरि पनि सङ्क्रमण दर बढेको र लकडाउन लम्बिएको अवस्थामा के होला त ?

गत वर्ष मङ्सिरमा परीक्षा गरेको उनले बताए । तर यसपटक मङ्सिरसम्म कुर्नु नपर्ने भन्दै आफूहरू सकेसम्म भौतिक रूपमै विद्यार्थीले लेखेर परीक्षा दिने व्यवस्था गराउन लागिपरेको बताए । त्यो अवस्था नआएमा पनि विद्यार्थीले कुनै न कुनै विधिबाट परीक्षा दिएरै नतिजा प्रकाशन गर्ने गरी काम गरिरहेको सदस्यसचिव अर्यालले बताए ।

याे पनि हेर्नुस्
Loading...