डडेल्धुरामा केही खुकुलो पार्दै थप एक साताको लागि लम्ब्याइयो निषेधाज्ञा (सूचनासहित)

डडेल्धुरा – कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा केही खुकुलो पार्दै एक साताको लागि थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।

जिल्लामा यो पाँचौं पटक निषेधाज्ञा थपेको छ। खुकुलो पार्दै असार १ देखि ७ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

news center of article

खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म खुला गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए ।अब बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन्।

यसअघि हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने निर्णय गरेको थियो।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन्।

 

याे पनि हेर्नुस्
Loading...