जन आस्था अनलाइनमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय बैतडीको आपत्ति

६ असार, बैतडी । जन आस्था अनलाइनमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय बैतडीले आपत्ति जनाएको छ । असार ५ गते जनआस्था अनलाईनमा डिभिजन वन कार्यालय बैतडीको नाम जोडेर वनतिर हिँडेका सिडियोलाई तिन ओटा लोकल भाले र १० केजि आलु शिर्षकमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय बैतडीले घोर आपत्ति जनाएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहित सुरक्षा निकायका प्रमुखलाई डिभिजन वन प्रमुख केशव पराजुलीले बिशेष निम्ता दिएर तीन वटा लोकल भाले र १० किलो आलु खुवाए भन्ने समाचर प्रति डिभिजन वन कार्यालय बैतडीले विज्ञप्ती निकालेर गम्भीर ध्यानाकर्ष भएको जनाएको हो ।

शनिबार चालु आर्थिक वर्षका योजनाहरुको अवस्था एवँ कार्य प्रगतिको स्थलगत जानकारी लिन जिल्ला स्तरीय अनुगमन गर्न प्रजीअ सहितको टोलीको सहभागितामा सम्पन्न कार्यक्रम पछि लेखीएको भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लोकल भाले , आलु खान नभइ खोड्पे प्रहरी चौकीको निरीक्षण गर्न र कोभिड १९ को नियन्त्रणका लागि जिल्लाम जारी निषेधाज्ञाको प्रभावकारीताबारे स्थलगत अवलोकन गर्न अनुगमन टोली अनुगमन कार्यमा गएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले स्पष्ट पारेका छन् ।

यस्तो झरी, वर्षाद, एवँ प्रतिकुलताका बावजुत जिम्मेवारी कर्तव्यको पालना गर्न फिल्डमा खटिएका कार्यालय प्रमुख र कर्मचारीहरुको मनोवल गिराउने र प्रतिष्ठामा आँच आउने गरी प्रेषित पूर्वाग्रह पूर्ण समाचार प्रति डिभिजिन वन कार्यालय खेद प्रकट गर्द छः डिभिजन वन प्रमुख केशव पराजुलीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । जन आस्था अनलाइनले वनतिर हिँडेका सिडिओलाई तीन वटा लोकल भाले र १० किलो आलु ! भन्ने समाचार प्रकाशित गरेको थियो।

याे पनि हेर्नुस्
Loading...