धनगढीमा टिप्परले ठक्कर दिँदा आयुर्वेदिक चिकित्सकको मृत्यु

६ असार, धनगढी । धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपलिका ३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा –१० झलारीस्थित एला आयुर्वेदाका सञ्चालक रामबहादुर साउँदको मृत्यु भएको हो।

अत्तरियाबाट धनगढी आइरहेको म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकलमा सवार साउँदलाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

घाइते भएका उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...