आजकाे माैसम : कुन कुन क्षेत्रमा छ भारी वर्षाको सम्भावना ?

 

७ असार, काठमाडौँ । देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले भनेको छ, ‘प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने छ।’

यी कारणहरुले यातायात पनि अवरुद्ध हुनसक्ने विभागले जनाएको छ। प्रदेश १ का केही स्थान बाहेक प्रदेश २ र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाद्वारा जारी बुलेटिनमा बताइएको छ।

यस्तै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको पनि महाशाखाले जनाएको छ।

देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि महाशाखाले उल्लेख गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

२०७८ असार ७ गते (सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ८ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मति प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ९ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बाग्मति प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बाग्मति प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा र प्रदेश नं १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्विनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा र प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

याे पनि हेर्नुस्
Loading...