कैलालीमा पुनः १ हप्ता निषेधाज्ञा थप्ने तयारी

 

७ असार, धनगढी । कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः एक साताको लागि थपिने तयारी गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि कोरोना महामारीको संक्रमण कायमै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्ने तयारीमा रहेको र सरकारी कार्यालयहरु सुरक्षाका मापदपण्ड अपनाएर सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ।

यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने प्रजिअ रिजालले जानकारी दिए।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने निर्णय गर्न बाँकी रहेको र आदेश पनि जारी गर्न बाँकी रहेको प्रजिअ रिजालले जनाए।

याे पनि हेर्नुस्
Loading...