बैतडीका डीएसपी अधिकारीकाे सरुवा

९ असार, बैतडी । बैतडीका डीएसपी नारायण प्रसाद अधिकारीको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशालय नक्साल काठमाण्डौमा सरुवा भएको हो ।

अब बैतडीमा प्रहरी प्रमुखको रुपमा रमेश बहादुर पाल आउने भएका छन् ।उनी केन्द्रिय प्रहरी बिशेष कार्यादल नक्साल काठमाण्डौबाट बैतडीको डीएसपीको रुपमा आउन लागेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभएको छ । डीएसपी अधिकारीले सरुवा पश्चात खबर बोर्ड संग कुरा गर्दै बैतडीको बसाई सफल भएको बताएका छन् ।

कानुन कार्यान्वयनदेखि लिएर अन्य सेवा प्रवाहको सन्दर्भमा पनि आफ्नो कार्यकालमा स्थानीय, जनप्रतिनिधि र सञ्चारकर्मी लगायतका सबै पक्षबाट सकरात्मक सहयोग प्राप्त भएको उनको भनाई छ । आफ्नो बैतडीको बसाई सफल पार्न सहयोग गर्ने सबैमा उनले धन्यवाद समेत व्यक्त गरेका छन् । करिब एक बर्ष भन्दा बढी समय बैतडी जस्तो देव भुमिमा बस्न पाउदा निकै खुसी लागेको अधिकारीको भनाई छ । स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ३ घर भएका अधिकारी २०७७ जेठ ३० गते डीएसपीको रुपमा बैतडी हाजिर भएका थिए।

याे पनि हेर्नुस्
Loading...