छबिसपाथिभेरा गाउँपालिकाको आठौं गाउँ सभा उद्वघाटन

आगामी आर्थिक बर्षका लागि ५३ करोड ४० लाख ४२ हजार बराबरको बजेट ल्याए

बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ४० लाख ४२ हजार बराबरको बजेट ल्याएको छ । बिहीबार बसेको आठौं गाउँसभामा उपाध्यक्ष राधिका रताला जोशीले बजेट प्रस्तुत गरेकी हुन्।

गाउँपालिकामा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँ सभामा बोल्नुहुदै उपाध्यक्ष रतालाले आर्थिक समृद्धिको परिवर्तन समाज निर्माणका लागी पहिलो आधार कृषि रहेको भन्दै गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा बताईन । यस्तै गाउँपालिकाले शिक्षा, स्वास्थ्य , सडक , बिपत ब्यबस्थापन,सिक्षा लगायतका अन्य कार्यक्रमहरुलाइ पनि निरन्तरता दिएको छ।

गाउँपालिकाले क्षेत्र भित्र दीर्घकालीन निति बसपार्क , सडक बत्ती , कवडहल,फराकिलो खेलमैदान , हाटबजार जस्ता क्षेत्रहरुको पहिचानगरि प्राथमिकताको आधारमा योजना बनाई कार्यान्वयन ल्याईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ त्यस्तै गाउँपालिकाले पालिका भरीका वडाहरुलाई अँध्यारो मुक्त गर्नेका लागि आफ्नो कार्यकालमा विद्युत सेवा पुर्याउने बताईएको छ ।

बिहीवार गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरेका हुन जस अन्तरगत केन्द्र सरकारबाट ६ करोड ५७ लाख , प्रदेश सरकार बाट १० लाख २१ हजार र आन्तरिक आम्दानी २० लाख गरी जम्मा ६ करोड ८७ लाख २१ हजार त्यस्तै बित्तीय समानिकरण अनुदान अन्तरगत नेपाल सरकारबाट १० करोड ७१ लाख , प्रदेश सरकार बाट ७६ लाख गरि जम्मा ११ करोड ४७ लाख २१ हजार र सशर्त अनुदान तर्फ नेपाल सरकारबाट २३ करोड ९२ लाख , विशेष अनुदान केन्द्रबाट १ करोड ४ लाख , सम्पुरक अनुदान ८० लाख , सामाजिक सुरक्षा , ८ करोड रकम गरि जम्मा गाउँपालिकाले ४६करोड ५३ लाख २१ हजार प्रस्तावित गरिएको छ।

समानिकरण तर्फको बजेट मध्य आर्थिक बिकासमा २२ प्रतिशत , सामाजिक बिकासमा ३५ प्रतिशत, पुर्वाधार बिकाशमा २८ प्रतिशत वातावरण तथा बिपद व्यवस्थापनमा ८ प्रतिशत र सुशासन तथा सस्थागत बिकाशमा ७ प्रतिशत क्षेत्रगत बजेट सिमा निर्धारण गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै यता खप्तड छान्ना गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागी करिब ३९ करोड रुपैया बराबरको बजेट ल्याएको छ । गाउँ सभा उपाध्यक्ष पाउसरा थापाले नवौँ गाउँ सभा बुधबार आ.व.२०७८/०७९ का लागि रु. ३८ करोड ९७ लाख २ हजार बराबरको बजेट गाउँ सभामा पेश गरेकी हुन ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थापाले आन्तरिक आय स्रोतलाई सुधारात्मक बनाउन दायराहरु फराकिलो गरी करका दरहरु संशोधन गरिएको बताईन ।

याे पनि हेर्नुस्
Loading...