बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला

८ साउन, बैतडी । बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए । शव बाटोभन्दा २ सय मिटर तल शुक्रबार बिहान फेला परेको उनले बताए ।

news center of article

शव कसको भन्ने कुरा अझै पहिचान भईसकेको छैन् । शव फेला परेपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल नेतृत्वको टोली घटनास्थल तर्फ गएको बताइएको छ।

याे पनि हेर्नुस्
Loading...