बैतडीमा प्रदेशको १२ प्रतिशत र संघको ७ प्रतिशत बजेट फ्रिज

बैतडी । बैतडीमा गत आर्थिक बर्षमा प्रदेश सरकार मातहतका कार्यालयको १२ प्रतिशत भन्दा बढी बजेट फ्रिज भएको छ । कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अरब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपैंया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

प्रदेश सरकार मातहतका कार्यालयको ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैंया फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए । यसरी हेर्दा कुल बजेटको १२.३ प्रतिशत बजेट फ्रिज गएको उनले बताए ।

news center of article

यस्तै संघीय सरकार मातहतका कार्यालयको ६.८५ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बैतडीमा संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अरब ५३ करोड ६९ लाख २३ हजार ३६८ मध्ये ६ अरब ८ करोड ८६ लाख २१ हजार २०५ रुपैया खर्च भएको छ ।

संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैंया फ्रिज गएको छ ।

याे पनि हेर्नुस्
Loading...