रेष्टुरेन्टमा भ्याट हटाऔं : व्यवसायी

८ साउन, काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले खानाको कच्चा पदार्थमा पूर्णरुपमा स्वदेशी उत्पादन र कृषि उपज प्रयोग गर्ने भन्दै रेष्टुरेन्टमा सरकारले लिने भ्याट समेत हटाउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग भेट्दै व्यवसायीले यस्तो माग गरेका हुन् ।

यस्तो व्यवस्थाले उपभोक्तामा खानाको मूल्य सर्वसुलभ पर्ने र यसले कृषि उपज समेत खपत बढाउने व्यवसायीको तर्क छ । सोहीकारण रेष्टुरेन्टमा शून्य भ्याटको माग व्यवसायीले अर्थमन्त्रीसँग गरेका छन् । उनीहरुले मौद्रिक नीतिमै यस्तो व्यवस्थाको माग समेत गरेका हुन् ।

मौद्रिक नीतिमा रेष्टुरेन्ट तथा बार क्षेत्रका मजदुर कर्मचारीको जिविकोपार्जनका लागि कम्तिमा ३ लाखसम्मको सहुलियत ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन समेत व्यवसायीले माग गरेका छन् । कोरोनापछि धरासायी बनेको पर्यटन क्षेत्र जोगाउन बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत पर्यटनमै हुनुपर्ने गरि लगानीको वातावरण बनाउन समेत माग गरिएको छ ।

‘बैंकका कर्मचारीलाई पनि भ्रमण विदा’

news center of article

त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै पर्यटन व्यवसाय जिवित राख्न नेपाल सरकारले जस्तै वित्तीय संस्थाहरुमा समेत अनिवार्य भ्रमण बिदा कायम गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

चालु आवको बजेटमा सरकारले सरकारी कर्मचारीका लागि १० दिने भ्रमण बिदा दिने घोषणा गरेको छ । यो काज बिदा हुने छ ।

यो व्यवस्थाको स्वागत गर्दै रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपालले वित्तीय संस्थामा समेत यस्तै व्यवस्था गर्न माग गरेको हो । वित्तीय संस्थाले कम्तिमा ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् ।

यसले कर्मचारीले मुलुक घुम्न पाउने, होटेल(रेष्टुरेन्ट व्यवसायीलाई करको दायरामा समेट्न सहज हुने, मुलुकको पैसा विदेशिन नपाउने र कोभिडबाट अति प्रभावित आतिथ्य सेवालाई केही मात्रामा भएपनि राहत पुग्ने व्यवसायीको भनाइ छ। स्रोत : अनलाइनखबर

याे पनि हेर्नुस्
Loading...