बैतडीको सिगास गाउँपालिकामा मदिरा बिक्री वितरणमा रोक

८ साउन, बैतडी । बैतडीको सिगास गाउँपालिकामा मदिरा बेचबिखनमा पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिसकिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

गाउँपालिकाको नवौं गाउँसभाले यस्तो निर्णय गरेको हो। पालिकामा लाइसेन्स लिएका मदिरा व्यवसायीहरुलाई पनि लाइसेन्स खारेज गर्न आग्रह गरिएको छ।

news center of article

मदिराका कारण विभिन्न खालका हत्या, हिंसा र अपराधका घटना बढ्दै गएपछि गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको छ ।

लाइसेन्स लिएका मदिरा व्यवसायीहरुलाई पनि लाइसेन्स खारेज गर्न आग्रह गरिएको र मदिराको लाइसेन्स नवीकरण नगर्न सबैलाई सूचित गरिएको अध्यक्ष धामीले बता‍ए ।

याे पनि हेर्नुस्
Loading...