डडेल्धुरामा घर पुर्योइदिन्छु भन्दै बीचबाटोमै किशोरी माथि बलात्कार

दुई जना प्रहरीको नियन्त्रणमा

डडेल्धुराः डडेल्धुरामा एक किशोरी बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको आलिताल गाउँपालिका–६ कि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–५ परिगाउँको २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरको २३ वर्षीय आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए।

news center of article

चन्दकाअनुसार डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट ती युवतीलाई घर पु¥यादिन्छु भनि लगेर बीचबाटोमै बलात्कार गरेको युवतीले बताएकि छन्।

बलात्कार गरेको युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए।

पक्राउ गरेको चार दिन भइसक्दा समेत प्रहरीले घटना गोप्य राखेर पैसाको बार्गेनिङमा मुद्दा मिलाउन खोजेको आरोप लागेको छ। – युनिटीखबरबाट

याे पनि हेर्नुस्
Loading...