अझै खुलेन भीमदत्त राजमार्ग

९ साउन, डडेल्धुरा । अविरल वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ गैरा नजिकै शनिबार बिहान ८ बजेतिर पहिरो खस्दा सुदूरपश्चिमका सात पहाडि जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको हो।

माथिबाट रुखसँगै ठूल्ठूला ढुंगाहरू खसेका छन्। पहिरो हटाउनका लागि डोजरले लगभग ९ बजेदेखि काम गरिरहेको छ। सानो डोजर भएकाले अझै पहिरो हटाउन नसकेको हुदाँ सडक संन्चालनमा आउन नसकेको प्रत्यक्षदर्शी एक यात्रु प्रकाश महराले जानकारी दिएका छन्।

news center of article

पहिरोले सडक अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाबाट छुटेका सवारी साधनहरूबीच बाटोमै रोकिएका छन्। गन्तव्यतिर हिँडेका सयौं यात्रुहरू पनि बाटोमै अलपत्र परेका छन्।

याे पनि हेर्नुस्
Loading...