नौ घण्टापछि एकतर्फी रुपमा खुल्यो भीमदत्त राजमार्ग

९ साउन, डडेल्धुरा । पहिरोले अवरुद्ध भीमदत्त राजमार्गमा करिव नौ घण्टापछि एकतर्फी रुपमा खुला भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका–१ गैरा नजिकै शनिबार बिहान ८ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

सुदूरपश्चिमका सात पहाडि जिल्लाका एक मात्र राजमार्ग अबरुद्ध हुँदा सयौं यात्रु बीचबाटामै अलपत्र परेका हुन । माथिबाट रुखसँगै ठूल्ठूला ढुंगाहरू सडकमा खसेका थिए।

ad

पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोजर पठाएको छ। सानो डोजर भएकाले पहिरो हटाउन धेरै समय लागेको हो।

याे पनि हेर्नुस्
Loading...