पाटन नगरपालिकाको गत आर्थिक वर्षको सार्वजनकि सुनुवाई कार्यक्रम सम्पन्न

९ साउन, बैतडी । बैतडीको पाटन नगरपालिकाले गतआर्थिक वर्षको सार्वजनकि सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा गरेका विकास निर्माणका कार्यहरुको बारेमा आम नगरवासीहरुलाई अवगत गराउने हेतुले नगरपालिकाले सार्वजनकि सुनुवाई कार्यक्रम गरेको हो ।

नगरपालिकाको आयोजना र सुर्नया टाईम्सको सहजीकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको पत्रकार गोर्कण बोहराले जानकारी दिनुभएको छ । नगरपालिकामा गत आर्थिक बर्षमा १ सय २१ योजना सम्पन्न भएको जनाएको छ । सार्वजनकि सुनुवाई कार्यक्रममा नगरपालिकाबाट हुने सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा धेरै प्रश्नहरु उठाएका छन् ।

उठेका प्रश्नहरुको जवाफ दिने सन्दर्भमा कमी-कमजोरी भएको कुरा स्वीकार्दै जनप्रनिधि तथा कर्मचारीहरुले अगामी दिनमा गल्तीहरु सच्याउदै कार्य सम्पादन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

news center of article

नागरिकहरुले नगरपालिकाको सेवा प्रवाह तथा भएका विकास निर्माणका कार्यहरुको बारेमा प्रश्न सोध्दै जवाफ मागेका थिए । जनता र जनप्रतिनिधि तथा कर्मचारीहरुबिच दोहोरो संवाद गराउने उद्देश्यले गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीहरुले उठाएको प्रश्नको जवाफ र जनताबाट आएका सुझाव समेत संकलन गरिएको छ ।

महिला विकासको हलमा सम्पन्न सार्वजनिक कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दको अध्यक्षतामा, जनप्रतनिधि , पत्रकार, बिभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...