बैतडीमा पहिरोले एक घर पुरियो

१० साउन बैतडी । बैतडीमा पहिरोले एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका २ छेपट्टामा घरमाथिबाट खसेको पहिरोले स्थानीय धरम बोहराको घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

news center of article

शनिबार राती खसेको पहिरोले घर पुरिँदा गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बोहराको परिवार अहिले आफन्तको घरमा बसीरहेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली गएको उनले बताए ।

याे पनि हेर्नुस्
Loading...