बैतडीमा ४ हजार ३ सयबढी सवारी साधन कारबाहीमा,२५ लाख राजस्व संकलन

११ साउन बैतडी । गत वर्ष बैतडीमा ४ हजार बढी सवारी साधनहरु कारबाहीमा परेका छन्। गत आर्थिक वर्ष २०७७/७८ मा ४ हजार ३ सय ४३ सवारी साधनहरु कारबाहीमा परेका हुन्।

ट्राफिक नियम उल्लंघन गर्ने ८ सय ६६ ट्रक, १ सय १४ बष, २ हजार १ सय २१जीप, कार र भ्यान, ३ सय ७४, ट्याक्टर, ८ सय ३८ मोटरसाइकल, र ३० ओटा अन्य सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र सिहँ रावलले जानकारी दिनुभयो ।

कारबाहीमा परेका सावारी साधनहरुबाट २५ लाख भन्दा बढी राजस्व संकलन भएको छ।  कारबाहीमा परेका सवारी साधनहरुबाट २५ लाख २५ हजार राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

news center of article

आर्थिक वर्ष २०७६/७७ मा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले २ हजार ३ सय ७३ सवारी साधनहरुलाई कारबाहीमा गरेर १३ लाख २७ हजार राजस्व संकलन गरेको थियो । सवारी साधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगतिमा सवारी साधन हाक्ने लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सावारी साधनहरुलाई कार्बाही गर्ने गरिएको ट्राफिक कार्यालय बैतडीले जनाएको छ।

ट्राफिक प्रमुख रावलका अनुसार ट्राफिक सवारी तथा यतायाात ऐन २०४९ को दफा १ सय ६४ बमोजिम ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेहरुबाट जरीवाना काट्छ ।

याे पनि हेर्नुस्
Loading...