हेलिकोप्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु

१९ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार दिउँसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै चारै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ad

दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको र प्रत्यक्षदर्शीहरूलाई सोधपुछ सुरु गरिएको अधिकारीहरुले जनाएका छन्। कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्छ।

याे पनि हेर्नुस्
Loading...