बैतडीमा जंगली बदेका लागि छोडेको करेन्ट लागेर दाजुभाईको मृत्यु

२१ साउन, बैतडी । बैतडीको सुर्नया गाउँपालिका– ५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर एकैघरका दुई जना दाजुभाईको मृत्यु भएको छ ।

बुधबार राती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका– ५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए ।

news center of article

जंगली बदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनिहरुलाई करेन्ट लागेर मृत्यु भएको ओझाले बताए । घटनास्थलमा रातीनै प्रहरी टोलि पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...