काठमाडौ बिश्वबिद्धालयमा नेपालमै पहिलोपटक ए.आई. को पढाइ सुरु ।

धुलिखेल – काभ्रे धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को पढाइ सुरु गर्ने भएको छ ।

स्कुल अफ इन्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सुरु गर्ने भएको हो। आवासीय प्रणालीमा सञ्चालन हुने यी शैक्षिक कार्यक्रमका लागि विश्नविद्यालयले भर्ना प्रक्रिया समेत अगाडि बढाएकाे छ ।

विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी रूपमा सो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले ती विषयको कक्षा सञ्चालन गर्न लागेको स्कुल अफ इन्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका डिन प्राडा मनीष पोखरेलले बताए।

बिश्वबिद्धालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आउँदो आइतबार ‘मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई) का लागि लिखित प्रवेश परीक्षा लिने भएकाे छ । यसका लागि शुक्रबार (असोज ८) सम्म विद्यार्थीले अनलाइन आवेदन बुझाउन सक्नेछन् ।

त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ट (बिटेक )भर्ना हुन इच्छुक विद्यार्थीका लागि आउँदो आइतबार (असोज १०) देखि अनलाइन आवेदन खुला हुने भएको छ ।

‘नेपालमै पहिलोपटक काठमाडौँ विश्वविद्यालयमा यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेका हौँ’, उनले भने, ‘हाल भर्ना सिटको कुल संख्या स्नातक तहमा ३० र स्नातकोत्तर तहमा १० छ, पढाइ आवासीय सुविधासहितको हुनेछ।’

इन्टर्नसीपको माध्यमबाट विद्यार्थीलाई परियोजनामा आधारित सिकाइमा व्यावहारिक ज्ञानको अनुभव प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालले सञ्चालन गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा प्रविधि र विधिको प्रयोग गरी कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थामा डाटामा आधारित निर्णय कार्यान्वयन गर्न सक्ने र कोर्ससँग सम्बन्धित विद्यार्थीले विभिन्न डाटा विश्षेलण गर्न सक्नुका साथै स्वचालित मेसिन प्रविधि निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने बताइएको छ।

जुन कार्यक्रम प्राविधिक, आधारभूत प्रोग्रामिङ, कम्प्युटर विज्ञान, गणितको परिचयात्मक पाठ्याक्रमबाट सुरु हुनेछ। सो विषय अध्ययन गरेका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स अवधारणाको प्रविधियुक्त ज्ञान सिक्न सक्ने प्राडा पोखरेलले बताए।

दुवै तहमा अध्ययनका लागि चारवर्षे शैक्षिक कार्यक्रमका लागि विद्यार्थीले कुल शुल्क आठ लाख तिर्नुपर्ने छ। त्यस्तै, मास्टर्स अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्ने विद्यार्थीले विभिन्न क्षत्रे जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङसँग सम्बन्धित व्यावहारिक जीवनका समस्यासँग जुध्नका लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसर पाउनेछन्। त्यसका लागि दुईवर्षे शैक्षिक कार्यक्रममा थप शुल्क तीन लाख ९५ हजार निर्धारण गरेको विश्वविद्यालयले जनाएको छ।

के हो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात ए आइ ?

सन् १९५० को दशकमा दूरसञ्चार र प्रविधि क्षेत्रका दिग्गज मिन्स्की तथा म्याक्कार्थीले आर्टिफिसियल इन्टेलिजेन्सलाई मेशिनले गर्ने कुनै पनि काम जसलाई पूरा गर्न कुनै बेला मानवीय विद्वताको आवश्यकता पर्ने बुझिन्थ्यो भनेर परिभाषित गरेका छन्।

यो एक हिसाबले एउटा बृहत् परिभाषा हो जसका कारण कहिलेकाहीँ कुनै पनि कुरा पूर्ण रुपमा आर्टिफिसियल इन्टेलिजेन्स हो वा होइन भनेर खुट्याउन गाह्रो पर्छ।

इन्टेलिजेन्स अर्थात् विद्वता सिर्जना गर्नु भन्नाले केलाई जनाउँछ भन्ने कुराको आधुनिक परिभाषा भने निश्चित छ।

गुगलका एआई अनुसन्धाता तथा मेशिन लर्निङ सफ्टवयर लाइब्रेरी केरसका सर्जक फ्रान्स्वा चोलेटले विद्वतालाई कुनै पनि एउटा प्रणालीको नयाँ वातावरणलाई ग्रहण गर्ने र त्यसमा सुधार गर्ने, यसको ज्ञानलाई सामान्इकरण गर्ने साथै यसलाई अन्य अपरिचित परिस्थितिमा प्रयोग गर्ने खुबी सँग बाँधिएको हुने भनेर परिभाषित गरेका छन्।

‘इन्टेलिजेन्स एउटा क्षमता हो जसबाट यस अघि तयारी नगरिएको काममार्फत् नयाँ दक्षता हासिल गर्न सकिन्छ’, उनले भने।

यो परिभाषाको आधारमा हेर्दा भर्चुअल असिस्टेन्टजस्ता आधुनिक एआईमा आधारित सिस्टमहरुले अहिलेसम्म थोरै मात्रामा मात्र एआईको क्षमता प्रदर्शन गरेको बुझिन्छ। यस्ता प्रणालीले आफ्ना तालिमलाई स्पीच रिकग्निशन तथा कम्प्युटर भिजनजस्ता सीमित क्षेत्रमा मात्र प्रयोग गरेकाले यिनीहरुलाई न्यारो एआईका रुपमा बुझिनुपर्ने यो परिभाषाले जनाउँछ।

सामन्यतया: एआईले मानवीय विद्वतासँग जोडिएका निम्नमध्ये कमसेकम केही व्यवहार हरु देखाउने गर्छ: योजना तर्जुमा, सिकाइ, तर्क क्षमता, समस्या समाधान, ज्ञानको प्रतिनिधित्व, दृष्टिकोण, चाल तथा छेडछाड र केही मात्रामा सामाजिक विद्वता तथा सिर्जनशीलता।

कस्ता छन् शैक्षिक कार्यक्रम ?
ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई)
यो कार्यक्रमले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नेछ । यस कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाइको माध्यमबाट विद्यार्थीहरुले ज्ञानको अनुभव लिन पाउने उल्लेख गरिएको छ ।

यस कार्यक्रम पढेपछि एआई प्रविधि र विधिहरु प्रयोग गरी यस कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थाहरुमा डेटामा आधारित निर्णय कार्यान्वयन गर्न सकिने जनाइएको छ ।

त्यसैले यो कोर्षमा सम्बन्धित विद्यार्थीहरुले विभिन्न डेटा विश्लेषण गर्न सक्नुका साथै स्वचालित मसिन प्रविधि निर्माण गर्न सक्नेछन् । यो कार्यक्रम प्राविधिक आधारभूत प्रोग्रामिङ्ग, कम्प्युटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट सुरु हुने जनाइएको छ ।

विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाका साथै पछि कुनै परिप्रेक्ष्यको खोज, गेम डेभलपमेन्ट, मसिन लर्निङ, न्यूरल नेटवर्क, कम्प्युटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

तसर्थ, यो कार्यक्रमलाई विज्ञान र इन्जिनियरिङभन्दा फरक र सही अर्थमा भन्दा दुवैको मिश्रण मान्न सकिन्छ । यो कार्यक्रम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता गरिएको छैन, जसका कारण विश्वव्यापी प्रतिष्ठित विश्वविद्यालयहरुमा अभ्यास गरिएको विशेषज्ञता सम्बन्धी कोर्षहरु आवश्यकतानुसार प्रथम वर्षदेखि नै पाठ्यक्रमहरुमा राख्न सक्ने लचकता छ ।

काठमाडौ विश्वविद्यालयको पुरै चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख निर्धारण गरिएको छ ।

मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई)
यो कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डेटा विज्ञान र एआई अध्ययनसँग सम्बन्धित अभ्यासहरुका लागि लक्षित छ, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

विशेषतः तीन मुख्य विषयवस्तुहरु यसमार्फत् कभर गरिनेछ, Neural Networks, Fuzzy system, Evolutionary Computation, जुन इन्टिलिजेन्ट प्रणालीको मेरुदण्ड हुन् ।

यस कार्यक्रमको पाठ्यक्रमभित्र मुख्यतया Machine Learning, Neural Networks, Big Data Analytics, Information Retrieval, Fuzzy Systems र Evolutionary Computation समावेश गरिएको छ ।

यस कार्यक्रमले विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङसँग सम्बन्धित व्यवहारिक जीवनका समस्यासँग लड्नका लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ ।

यस दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क रु तीन लाख ९५ हजार निर्धारण गरिएको छ ।

हेर्नुस सूचना

याे पनि हेर्नुस्
Loading...