धनगढीका लागि उडेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी – धनगढीका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण गरिएको हो।

५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज उडेको ११ मिनेटपछि डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ। प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।

डाइभर्ट भएपछि उक्त जहाज काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।

याे पनि हेर्नुस्
Loading...