मनाङकाे चामे र तालमा विद्यार्थी परिषदद्वारा ६० लाखकाे राहत वितरण

काठमाडौँ : विद्यार्थी परिषद्ले मनाङकाे सदरमुकाम चामे र तालमा बाढी प्रभावितहरूलाई राहत वितरण गरेकाे छ ।

गत असरमा गएको विनाशकारी बाढीका कारण अत्यन्तै क्षति भएको जिल्ला मनाङकाे चामे र तालमा विद्यार्थी परिषद्ले हेलिकप्टरबाट करिब ६० लाख रकम बराबरकाे राहत सामाग्रीहरू लगेर पुर्व मन्त्री टेक बहादुर गुरू र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्युकाे उपस्थितिमा राहत सामाग्री वितरण गरिएको हाे ।

परिषद्ले टेण्ट, प्लास्टिक सिट,सिलिपिङ म्याट्स लगायतका सामग्रीहरू मनाङको चामे गाउँपालिका र तालमा नेपाली सेनाकाे हेलिकप्टरमा लगेर वितरण गरिएको थियोे । साथै परिषद्ले विगत एक महिना देखि बाढी प्रभावित ५ जिल्लाहरूमा ३ कराेड बराबरकाे राहत सामाग्रीहरू वितरण गरी सकेकाे विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिनुभएको छ ।

उक्त राहत सामग्री वितरण कार्यक्रममा पुर्व मन्त्री श्री टेक बहादुर गुरूङ, विद्यार्थी परिषदका आदरणीय राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बिष्णु लामिछाने, शसस्त्र प्रहरीका एस पि श्री सुर्य आचार्य, नेपाल प्रहरीका डि एस पि श्री शुभाष खड्का, सामाजिक व्यक्ति श्री सुर्य न्याैपाने, चामे गाउँपालिका अध्यक्ष श्री मुनिन्द्र जंग गुरूङ, पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने लगायत स्थानिय व्यक्तिहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्
Loading...