युवाहरूका बिचमा मुख्यमन्त्री भट्ट, नयाँ र युवा लक्षित कार्यक्रमहरू अघि सार्ने प्रतिबद्धता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री भट्ट पहिलो पटक यहाँका युवाहरूको सवालको जवाफ दिन उनीहरूको बिचमा उपस्थित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले आयोजना गरेको मुख्यमन्त्री सँग युवा अन्तरक्रिया विषयक कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले युवाहरूका विभिन्न जिज्ञासा, सवाल जवाफ एवम् अन्तरक्रिया गरेका हुन् ।

युवाको क्षेत्रमा निकै उदासीन मानिँदै आएको प्रदेश सरकारलाई सहभागी युवाहरूले निकै चोटिला प्रश्नहरू सोधेका थिए।

news center of article

युवा उद्यम र युवा स्वरोजगारका क्षेत्रमा केही काम गरिरहेको र अझै नयाँ र युवा लक्षित कार्यक्रमहरू प्रदेश सरकारले अघि सार्ने मुख्यमन्त्री भट्टले बताए ।

स्थानीय बाबा टेलिभिजन बाट समेत प्रसारित उक्त कार्यक्रमको सभापतित्व परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले गरेका थिए कार्यक्रममा विभिन्न क्षेत्रका करिब १ सय बढी युवा सहभागी रहेका थिए ।

 

याे पनि हेर्नुस्
Loading...