खुकुरी प्रहार गरी श्रीमतीको हत्या

भोजपुर । आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका–५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई सापासिलिछो गाउँपालिका–५ बाखुबाट फेला पारी पक्राउ गरेको हो।

ad

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

याे पनि हेर्नुस्
Loading...