मुगुमा ७० जना यात्रु सवार बस दुर्घटना हुँदा २३ को मृत्यु

काठमाडौं– नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको रारा छायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको छ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ।

news center of article

बस भिरालो बाटोबाट धेरै तल खोलामा खसेको बताइएको छ। शव संकलन गर्ने र घाइतेको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको प्रजिअ महतले जानकारी दिए।

नेपाल समय
उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।

याे पनि हेर्नुस्
Loading...