हामीमाथि अन्याय भयो, न्यायका लागि लड्नेछौँ : अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलमाथि अन्याय भएको बताएका छन् । आज हुने भारतविरुद्धको फाइनल खेलमा सहभागी हुन नपाउने भएपछि अल्मुताइरीले नेपाल दक्षिण एसियाली फुटबल (साफ)ले आफैँले बनाएको नियमको पालना नगरेको बताएका छन् ।

“नेपाली फुटबलमाथि अन्याय भएको छ । साफले आफैँले बनाएको नियमको पालना गरेन । यदि उनीहरू हाम्रो प्रतिद्वन्द्वीले जितोस् भन्ने चाहन्छन् भने ट्रफी नै दिँदा हुन्छ । तर, म सत्यका लागि लड्नेछु,” उनले भनेका छन्, “हामी मैदानबाट जित्नका लागि लड्नेछौँ । हामी न्याय चाहन्छौँ र ‘कोर्ट अफ आर्बिट्रेस फर स्पोर्टस्’ (सीएएस), विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल सङ्घ (एएफसी) जानेछौँ ।”

प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएको भन्दै उनलाई साफले फाइनल खेलमा उपस्थिति हुन प्रतिबन्ध लगाएको छ । नेपालका फर्वाड अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने छन् ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार आज राति ८ः४५ बजे हुनेछ ।

याे पनि हेर्नुस्
Loading...