दार्चुलामा १० दिन विद्यालय बन्द हुने

दार्चुला । दार्चुलाका विद्यालयमा १० दिन पठनपाठन बन्द हुने भएको छ। जिल्लाको महाकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म त्यहाँका विद्यालयको पठनपाठन बन्द हुने जनाएको हो।

news center of article

बढ्दो चिसोले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ। हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...