डडेल्धुरा अस्पतालले सहयोगका लागि अपिल (सूचनासहित)

डडेल्धुराः सुदूरपश्चिमको संघिय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालले सहयोगका लागि अपिल गरेको छ।डडेल्धुरा अस्पतालले जारी गरेको सूचनामा कोभिड १९ का बिरामीको अवस्था भयाभह भएकाले बिरामीको उपचारमा सहजताका लागि सहयोगको अपिल गरेको छ।

अस्पतालमा कोभिड १९ का बिरामिहरुको अत्याधिक चापसँगै बिरामीहरूको उपचारार्थ, आर्थिक, भौतिक तथा अन्य स्रोत साधनको अत्याधिक खर्च भइरहेकोले अस्पताल विकास समितिको २०७८ जेठ ३ को निर्णय अनुसार कोरोना महामारीमा आपतकालिन उपचार तथा उद्धार कोष सञ्चालन गरेको डडेल्धुरा अस्पताल विकास समिती अध्यक्ष करुणाकर भट्ट बताए ।

ad

सहयोग गर्न इच्छुक दाताहरूले डडेल्धुरा स्थित सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ०३११७५१४७४१ “डडेल्धुरा अस्पताल आपतकालिन कोष” मा जम्मा गरि सहयोग गर्न सक्ने अस्पतालले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...