घाँटी रेटिएको अवस्थामा दाजुभाइको शव फेला

वीरगञ्‍ज- बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

news center of article

‘ सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उनले भने ‘ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए ।

अहिले डीएसपी मिश्रसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं सोधपुछ भइरहेको छ ।

याे पनि हेर्नुस्
Loading...