कलैयामा दाजुभाइको हत्या प्रकरणः घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ

वीरगञ्ज– बाराको सदरमुकाम कलैयामा भएको दाजुभाइ हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

स्थानीय २८ वर्षका युवकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको पहिचान भने अहिले खुलाउन नसकिने मिश्रले बताए।

news center of article

‘स्थानीय एकजनालाई दुबै जना बालकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेका छौँ,’ उनले भने, ‘उनलाई प्रहरी हिरासतमा राखेर घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेका छौँ।’.

हत्या गरिएका बालक समान्य परिवारको रहेकाले धन सम्पतिभन्दा पनि व्यक्तिगत रिसइबीले कसैले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीको आशंका छ। दुबै बालकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको छ।

 

घाँटी रेटिएको अवस्थामा दाजुभाइको शव फेला

याे पनि हेर्नुस्
Loading...