कोरोनाबाट थप १२९ जनाको मृत्यु, ८, ८९० संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् ।

यो सँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

news center of article

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८०६ रहेको छ । कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।

याे पनि हेर्नुस्
Loading...