यी हुन् चाँडै घर फिर्ती हुने एसएसपीहरु

आठजना मध्ये चारजना अतिरिक्त महानिरीक्षक र बाँकी चारजना पनि डिआइजीपीबाट अवकाश हुनेछन्

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल २०७९ बैशाख १८ गते सम्म छ । ३० बर्षे सेवाअवधिका हिसाबले उनीहरू अवकाश हुनेछन् । एसएसपीदेखि आइजीपी सम्मगरि १६ जनाले अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि अहिलेसम्मको हिसाबले एआइजीपी विश्व पोखरेल आइजिपी बन्नेछन् ।

उनको समूहका आठजना मध्ये चारजना अतिरिक्त महानिरीक्षक र बाँकी चारजना पनि डिआइजीपीबाट अवकाश हुनेछन् । अहिले भएका सिनियर र बढुवामा छुटेका एसएसपीहरू भने दुईजना बाहेक अरू एसएसपीमा घर जाने स्थिति देखिएको छ। हालको नियम अनुसार एसएसपी र एसपीको उमेरको हद ५५ बर्ष रहेको छ।

news center of article

उमेरको यही हदका कारण एसएसपी दिलिप चौधरी २०७८ असार, सुशील कुमार यादव २०७८ असोज, हरिराज वाग्ले २०७८ असोज, पूजा सिँह २०७८ माघ, बिक्रम चन्द २०७८ पुस, देव बहादुर बोगटी २०७८ बैशाख, राजेन्द्र चौधरी २०७८ भदौ, नर बहादुर खत्री २०७८ कार्तिक, महमद आलम खाँ २०७८ भदौ र किशोर दाहाल २०७८ मंसिरमा अवकाश हुन्छन् । अर्का एसएसपी प्रदिप कुमार श्रेष्ठ भने २०७९ बैशाख १८ गते आइजिपी र उनको समूहहरूसँगै अवकाश हुन्छन् भने मोहन आचार्य र नल प्रसाद उपाध्याय बाँकी रहन्छन् ।

याे पनि हेर्नुस्
Loading...