५० प्रतिशत तलब वृद्धि गर्न अर्थमन्त्रीसँग कर्मचारी युनियनको माग

काठमाडौं – नेपाल निजामती कर्मचारी युनियन (संघ)ले अर्थमन्त्री विष्णु पौडेललाई २८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।आइतबार विभिन्न माग राख्दै युनियनले अर्थमन्त्री पौडेललाई २८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा निजामती कर्मचारीहरुका लागि संचय कोषद्वारा प्रदान गरिने आवास कर्जाको ब्याज सहुलियत दरमा विशेष छुटको व्यवस्थ गर्न माग गरिएको छ ।

ad

त्यस्तै युनियनले बढ्दो महंगीलाई मध्यनजर गर्दै कर्मचारीको तलब ५० प्रतिशत वृद्धि गर्न माग गरिएको छ । त्यस्तै पोशाक भत्ता, प्रोत्सहन भत्ता, कोरोनाले मृत्यु भएका कर्मचारीका परिवारलाई तीस लाख उपलब्ध गराउन पनि माग गरिएको छ ।

याे पनि हेर्नुस्
Loading...