नेपालमा चक्रवातदेखि सतर्क हुनु पर्ने: जल तथा मौसम विज्ञान विभाग

काठमाडौं – हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज सोमवार चक्रवातमा परिणत भई भोलि मंगलवारसम्ममा अति धेरै शक्तिशाली चक्रवात परिणत हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम वुलेटिनमा जनाईएको छ।

सो प्रणालीका कारण भोलि जेठ ११ गते मंगलवार अपरान्ह पछि देशका धेरै स्थानहरुमा सामान्य देखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेकोछ।

news center of article

तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भवना रहेके मंगलवार देखि केहि दिनसम्मका लागि पर्वतारोहीहरुलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ।

याे पनि हेर्नुस्
Loading...