राती ११ बजे प्रधानमन्त्री ओली र प्रधानन्यायधीश बीचको भेटवार्ताबारे सर्वोच्च अदालदले दियो यस्तो स्पष्टोक्ति (विज्ञप्तिसहित )

काठमाडौं  – प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक प्रतिनिधि सभा भंग गरेपछि मुलुकमा राजनीतिक तरलता झन गहिरिएको छ ।

हिजो सोमबार मात्रै बहुमत सांसद आफ्नो पक्षमा भएको जिकिर गर्दै शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नु पर्ने दावीसहित सर्वोच्चमा रिट परेको छ । मुलुकमा राजनीतिक विचलन भइरहेको समयमा सर्वोच्च अदालतका प्रधानन्यायधि चोलेन्द्र शमसेर राणाले राती ११ बजे बालुवाटरामा प्रधानमन्त्री ओलीसँग एक घण्टा कुरा भएको विषय सार्वजनिक भएको थियो ।

राजनीतिक तरलता बढेको समयमा न्यायपालिका प्रमुखले व्यवस्थापिका प्रमुखसँग भेट गर्नु शंकाको दृष्टिले हेरिन्छ । विभिन्न मिडियामा यिनै विषयमा आएको समाचारप्रति ध्यानाकार्षण भएको जनाउँदै सर्वोच्च अदालतले आज आफ्नो धारणा राखेको छ ।

ad

सर्वोच्चका सह प्रवक्ता देवन्द्र ढकालको नामबाट आएको विज्ञप्ति अनुसार यस्ता भ्रामक समाचार प्रति अत्यन्त दुखद र खेदजन्य रहेको बताइएको छ ।

तर, प्रधानन्यायधीश शमसेर र प्रधानमन्त्री ओली छलफल भएको नभएको कुनै जानकारी गराएको छैन । अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको किार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी सामाचार प्रकाशन हुनु दुखद अवस्था भएको विज्ञप्तिमा उल्लेख छ ।

सवोच्च अदालतले भनको छ, स्वतन्त्र, निष्पक्ष्, सुदृढ र सक्षम न्यायपालिका एवम् विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जन आस्था अभिबृद्धिमा अदालत सदैव गम्भीर सचेत र संवेदनशील एवम् पूर्णरुपमा प्रतिबद्ध रहेकोप्रति विश्वस्त हुन अनुरोध समेत गरेको छ ।

याे पनि हेर्नुस्
Loading...