अक्सिजन सिलिण्डर फिर्ता नपुग्ने क्रम बढ्यो: स्वास्थ्य मन्त्रालय (सूचनासहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन भर्नका लागि सिलिन्डरको अभाव भएको जनाएको छ ।

अक्सिजन सिलिन्डर फिर्ता नगर्दा उद्योगहरुले भर्न नपाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । साथै, एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जानेक्रम बढ्नाले भविश्यमा थप समस्या निम्तर्ने तर्फ मन्त्रालयले सचेत गराएको छ ।

ad

अहिले अक्सिजन आपूर्ती सहज भएकाले आफुसंग भएका सिलिन्डर भर्नकालागि सम्बन्धित उद्योगमा फिर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ । विभिन्न व्यक्तिहरु तथा संघ/संस्थाहरुले व्यक्तिगत, आईसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालहरुमा नपुगेको मन्त्रालयले जनाएको छ ।

महामारीमा अक्सिजन जस्तो औषधिय बिषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने/गराउने कार्यलाई बन्द गर्न /गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न पनि मन्त्रालयको भनेको छ ।

याे पनि हेर्नुस्
Loading...