एमाले सुदूरपश्चिम संसदीय दलको बैठक सकियो : सरकारलाई दिएको समर्थन फिर्ता नलिने

सरकारबाट नबाहिरिने एमाले संसदीय दलको निर्णय

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । संसदीय दलको बैठकले कोभिड महामारीका बेला तत्‍काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको एमाले सांसद अमर साउँदले जानकारी दिए । उनकाअनुसार भविष्यमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।

एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि एमालेका तीन जना मन्त्रीलाई सरकारबाट राजीनामा दिन २४ घण्टे निर्देशन जारी भएको थियो ।

ad

सभामुख अर्जुन थापासहित प्रदेश सभामा एमालेका जम्मा २५ जना सांसद छन्। तर सभामुखको भूमिका तटस्थ रहने भएकोले बैठकमा २४ जना सांसद मध्ये ३ जना भने अनुपस्थित रहेको बताइएको छ। अनुपश्थित हुने सांसदहरुमा रतन थापा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा रहेका छन्। तीनै जना ओली समूहका सांसद हुन्। यहाँ माधव नेपाल समूहका सांसदहरुको बहुमत रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकार धरापमा : को बन्ला नयाँ मुख्यमन्‍त्री ?

याे पनि हेर्नुस्
Loading...