३३ किलो सुन काण्डका प्रतिवादी फरार ‘भोजे मामा’ गौशलाबाट पक्राउ

काठमाडौँ । सेलाएको ३३ किलो सुन काण्ड पुनः एक पटक चर्चामा आएको छ । सुनकाण्डका प्रतिवादी फरार ‘भोजे मामा’ पक्राउ परेसँगै सुन काण्डले फेरि चर्चा पाएको हो ।

झापाको गौरादह नगरपालिका ५ बस्ने भोजराज भण्डारी (भोजे मामा)लाई प्रहरीले आज पक्राउ गरेको हो ।

सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजे मामालाई आज महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले गौशालाबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

news center of article

भोजे मामालाई २०७३ माघको पहिलो साता त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याइएको ३३ किलो सुन तस्करीमा संलग्‍नमध्ये एक रहेको आरोप छ ।

दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन २०७४ फागुन ९ गते गायब भएपछि प्रहरीले छानबिन अघि बढाएको थियो ।

अनुसन्धान कै क्रममा सुन भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो। अहिलेसम्म सुन तस्करी गर्ने मुख्य योजनाकारलाई प्रहरीले फेला पार्न सकेको छैन । ३३ किलो सुन काण्डका नाइके चुडामणि उप्रेती अर्थात गोरेलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ ।

याे पनि हेर्नुस्
Loading...