बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु

१९ साउन, बैतडी । बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

सोमबार साँझ परेको चट्याङले बैतडीको दशरथचन्द नगरपालिका ९ मङरुका ९ बर्षीय भरतराम कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

news center of article

सोमबार साँझ ६ बजेतिर घर नजिकैको धारामा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको ओझाले बताए । उनीसंगै पानी भर्न गएका अन्य भने सकशुल रहेका छन् ।

याे पनि हेर्नुस्
Loading...