यी हुन बैतडी ब्यापारीको हत्या प्रकरणमा पक्राउ गरिएका ४ जना

बैतडी । बैतडीको सन्सेरीमाण्डौँका ब्यापारी हत्या प्रकरणमा पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका ७जना मध्ये ३ जनालाई सामान्य सोधपुछ पछि छोड्दै ४ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा न. ५ हरिचन निवासी २६ बर्षिय रामबहादुर मडै, सुर्नया ४ का हरिस सिंह महरा, होटेल साहु राम बहादुर महरा र संकरसिंह महरा रहेकाछन् । रातिको समयमा मदिरा सेवन गरेका उनिहरुले मृतक कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए । घटनामा संलग्न ४जना मध्ये हरिचन निवासी २६ मडैको मुख्य हात रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई उनकै घरबाट हिजो पक्राउ गरिएको थियो ।

सुर्नया ४ सन्सेरी माण्डैँ स्थीत मासु पसल सञ्चालन गर्दै आएका ५६ बर्षिय कमले महराको हिजो बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

याे पनि हेर्नुस्
Loading...