दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु

दार्चुला – जिल्लाको महाकाली नगरपालिका – ३ झुस्कुमा करेन्ट लागेर शनिबार एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।

ज्यान गुमाउनेमा झुस्कु बस्ने अन्दाजी ५० वर्षीया द्रोपती बडू रहेको प्रहरीले बताएको छ । घर नजिकैको गडानी भन्ने स्थानमा घास काट्न गएका बेला भुईमा खसेको विद्युतिय तारबाट करेन्ट प्रवाह भएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

महाकाली नगरपालिका वडा नम्बर २ को वडा कार्यालय र मल्लो सेला बजारमा बिधुतीकरण गर्न दार्चुला बिधुत प्राधिकरणले ग्याबिन तारमा बिधुतिय तानेको थियो । मल्लो सेला बजारमा विद्युतिकरणका लागी तानेको ग्याबिन तार रुखमा बाधेको तथा रुख सुकेका कारण रुख ढल्दा उक्त तार भुइमा खसेको बुझिएको छ ।

विद्युतिय तार भुइमा खसेकोबारे नेपाल विद्युत प्राधिकरण दार्चुलाको कार्यालयमा जानकारी गराउँदा पनि तारमा करेन्ट नभएको बिद्युत कार्यालयले प्रतिक्रिया दिएको स्थानीयहरुले बताएका छन् ।

याे पनि हेर्नुस्
Loading...