कञ्चनपुरमा आत्महत्या गर्ने भन्दै महिला झोलुंगे पुलको पिल्लरमा चढेपछि…

कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले आत्महत्या गर्ने असफल प्रयास गरेकी छिन्। उनी आत्महत्या गर्ने भन्दै दोधारा चाँदनीको झोलुंगे पुलको पिलरमा चढेकी हुन्।

आइतबार दिउँसो पिल्लरको टुप्पोमा चढेकी उनले मोबाइल फोनमार्फत हाम फाल्ने भन्दै आफन्तलाई धम्की दिइरहेकी थिइन्। पछि उनका आफन्तले फकाएर पिल्लरबाट तल झारेको झोलुंगे प्रहरी चौकीका असई प्रतापबहादुर थापामगरले बताए।

प्रहरीले ती महिलालाई आफन्तको जिम्मा लगाएको छ। मानसिक अवस्था ठिक नभएको भनिएकी ती महिलाको माइत दोधारा चाँदनी भएको बताइएको छ।

याे पनि हेर्नुस्
Loading...