अछाममा एमाले नेता मृत भेटिए

अछाम – अछाममा नेकपा एमालेका एक नेता मृत फेला परेका छन । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका – ६ दर्नाका एमालेका नेता धन बहादुर रावत मृत भेटिएका हुन ।

असोज ४ गते देखि बेपत्ता रावतको दर्नाको रवा लेक भन्ने स्थानमा शव भेटिएको अछाम प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा रावतको सब सोमवार बिहान कालारवा लेकको जङ्गलमा भेटिएको थियो ।

रावत स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका – ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बनेका थिए । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...